बहस २ : माओबादी – एमाले पार्टी एकतापछि जबज र माओबाद के हुन्छ ?


गोकर्ण बराल

नेपाली कम्युनिष्ट आन्दोलन अहिले निर्णायक मोडमा छ । दुईवटा प्रमुख कम्युनिष्ट पार्टी एमाले र माओवादीको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको समाचार आईरहँदा अब बन्ने नयाँ कम्युनिष्ट पार्टीको सिद्धान्त र नेतृत्व कसरी व्ब्यवस्थापन हुन्छ भन्ने सर्वत्र चासो छ । माओवादी बृत्तभित्र माओवाद र जनयुद्धलाई हेर्ने सवालमा एकतापछि बन्ने पार्टीले तलमाथि गर्ने हो कि भन्ने चिन्ता देखिन्छ भने एमालेभित्र जबजको सैद्धान्तिक निरन्तरता र के पि ओलीको नेतृत्वको निरन्तरता हुन्छ कि हुदैन भन्ने चिन्ता छरिएको पाईन्छ ।हामीले माओबादी र एमाले पार्टी एकतापछी माओबाद र जबज के हुन्छ ? भन्ने सबाल माओबादी तथा एमालेका युवा नेताहरुसग कुराकानी गरेका छौ ।

माओबादी नेता एबं पुर्व सूचना एबं संचारमंत्री (सांसद) राम कार्कीसग गरिएको कुराकानी:

अहिले माओवादी र एमाले एकीकरण हुँदैछ । माक्र्सवाद र लेनिनबाद दुवैले मान्छन् । एमालेले जबज मान्छ भने माओवादीले  माओवाद । पार्टी एकीकरणपछि जबज र  माओवाद के हुन्छ ?

अहिले जुन चर्चा चलिरहेकोछ माओवादी र एमाले एकीकृत हुने घोषण कसरी गरे ? किन गरे ? समानता के हो ? जसले यति अगाडि आउन पार्टी एकीकृत बनाउने घोषणा भएको छ । यो निकै साहसपूर्ण घोषणा हो । यो घोषणा गर्नुको पछाडि वैचारिक, राजनैतिक कुराहरु के छन् त ? भन्ने कुरामा नेपाली समाजको विश्लेषण आज नेपाली समाजको र अब नेपाल हिड्ने बाटो के हो भन्ने विषयमा यी दुवै पार्टीहरु एक ठाउँमा छन । पहिला हामीले भिन्नता के छ त भन्नु भन्दा पनि समानता के कुरामा छ त्यो पनि खोजी गर्नुपर्छ । जबज या माओवाद, जबज माओवाद भन्दा पनि माओवादलाई  एउटा पथप्रदर्शक सिद्धान्त माक्र्सवादले जुन माओवादलाई पहिला माओसेतुङ विचार धारालाई फिर्ता लिने बेलामा पनि एमालेले के भन्यो भने माओसेतुङका असल कुराहरुबाट सिक्ने तर  माओसेतुङ विचारलाई भनिरहनु नपर्ने विश्लेषण अगाडि ल्याएको थियो ।

कुनै पनि सिद्धान्त खासगरी माक्र्सवाद अरु सिद्धान्त भन्दा पृथक किन छ भन्दा अरु सिद्धान्त संशोधन गर्ने,  सुधार गर्ने, परिमार्जन गर्ने स्वीकृति हुँदैन त्यो सम्भावना हुँदैन । जस्तो उदाहरणका लागि वेदमा केही पनि थप्न पाईदैन । जस्तो सुकै संस्कृतिक विद्वान आए पनि वेदमा केही थप्छु भन्न पाउँदैन । किरातहरुको मुन्धुम छ । मुन्धुममा जस्तो सुकै किरात धर्मको ज्ञाता आएपनि केही थप्छु भन्न पाइदैन । कुराणमा दुई लाइन थप्छु भन्न पाईदैन, बाइबलमा दुईलाइन थप्छु भन्न पाइदैन । तर माक्र्सवादमा केही थपिएन ,केही नयाँ विकास गरिएन ,सुधार गरिएन, विकास गरिएन भने माक्र्सवादको मृत्यु हुन्छ । त्यसैले अरु सिद्धान्त भन्दा अरु दर्शनभन्दा माक्र्सवाद यस बारेमा भिन्न छ । यी दुवै पार्टी अब एकीकृत हुने भएको छ । एकीकृत पार्टीले माओवादलाई एउटा डग्माको रुपमा होइन यसलाई एउटा वैज्ञानिक सिद्धान्त राजनीतिको रुपमा लानुपर्छ । यो यहाँ आएपछि फेरिन्छ । आजको युगमा आजको परिस्थितिमा माक्र्सवादलाई कसरी लागू गर्ने भन्ने विषयमा छलफल गर्न बाँकी छ । हामी त्यो महाधिवेशनको निम्ति बढी गम्भीर विषयका बहसहरु हामीले महाधिवेशनका निम्ति छुट्याउनुपर्छ । एउटा ठूलो मन्थन, ठूलो वैचारिक सम्बन्ध गरेर अनि महाधिवेशन टुंग्याउनुपर्छ ।

महाधिवेशन जुनदिन घोषणा हुन्छ अब बुझ्नु पर्यो कि पार्टी भित्र महान् संघर्षको सुरुवात हो यो एकता मात्रै होइन । किनभने यी दुवै पार्टी बेग्लाबेग्लै बस्दा पनि यिनीहरु त्यो अवस्थामा पुगिसकेका थिए दुवै पार्टी । म यसलाई के भन्छु भने महाभारतको युद्ध पछाडि पछि कृष्ण र अर्जुन वर्लनासाथ उनीहरुको रथ आगो लाग्यो । त्यहाँ कसैले केही नगरी नै आगो लाग्यो ।  कृष्णले बताउँछ कि त्यहाँ पहिले नै आगो लागेको थियो  । हनुमानका कारणले आगोले यसलाई डढाउन सकेको थिएन । हनुमान उडेर गए र आगो लाग्यो भनेजस्तै हाम्रा पार्टीहरु पनि यो जुन प्रकारको युद्ध र आन्दोलनबाट आइसकेपछि एकप्रकारले त्यो रथकै अवस्थामा पुगिसकेको हो । त्यसले गर्दा एकीकृत पार्टीले समाजवादका निम्ति नयाँ कार्यक्रम नयाँ रणनीति बनाउनु पर्नेछ । बहस त त्यसपछि सुरु हुन्छ तर महत्वपूर्ण कुरा के हो भने अहिले अबेर नगरीकन हामी जुट्नुपर्ने छ । यो नेपालको सन्दर्भमा  विशाल पार्टी नै भन्नुपर्छ । यो विशाल पार्टीलाई सञ्चालन गर्ने संगठनात्मक विधि प्रक्रिया के हो त ? एउटा त नेपाल सुहाउदो संगठनात्मक सिद्धान्त खोज्नुपर्छ । त्यसको निरोपण महाधिवेशनबाट गर्नुपर्छ । तर तत्काललाई पनि संगठनलाई चलाउने एउटा विधि पद्धति चाहिएको छ ।

अब हाम्रो ध्यान कता गइरहेको छ । प्रेस मिडियाको ध्यान भने अबको नेताको को हुने हो । तर नेपाली जनताको के हुने हो त्यो प्रमुख हो । नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने नेपालको के हुने नेपालको सर्वजीवि जनताको के हुने प्रश्न आइरहेको छ । नेपाली श्रमजिवी जनतामा परिवर्तन ल्याउनको निम्ति यो पार्टीको संगठनात्मक ढाँचामा पनि परिवर्तन हुनुपर्छ । जसले गर्दा सबै नेता कार्यकर्ताले येथेष्ट भूमिका प्राप्त गरुन् । हामीले पार्टी स्तरमा एउटा अधिकतम कार्य ल्याउने त्यसको पनि निरोपण महाधिवेशनले गर्नेछ तर एउटा समाजवादी कार्यक्रम चाहीएको छ । अहिले त्यो हामीले अधिकतम रुपमा लागू गर्ने जुन समाजवाद हो त्यो समाजवादको बीजहरु त्यसको बीउ अहिलेको सरकारको गतिविधिमा पनि देखिनुपर्छ । सरकारको कार्यसम्पादनमा यो त्यो दीर्घकालीन समाजवादमा हिडेको छ है भन्ने कुरा अहिले देखिनुपर्छ । त्यसैले अहिले सरकारको गठन गर्दा सरकारले सरकार सञ्चालनको कार्यक्रमहरु बनाउदा मन्त्रीमण्डल निर्माण गर्दा कार्यविन्यास गर्दा हामीले के ख्याल गर्नुपर्छ त भन्दा हामीले समाजवाद प्रतिविम्वित हुनुपर्छ ।

साच्चै कम्युनिष्टहरु आएर अन्तर आयो है ,नेपाली समाजमा नेपाली श्रमजीवि जनताको जिन्दगीमा अन्तर देखा पर्यो भन्ने कुरा दुई वर्ष भित्रमा अनुभूत गराउनुपर्छ । त्यसपछि मात्रै हाम्रो एकीकृत पार्टी गराउनुको उद्देश्य जुन हो त्यो सफल भएको मानिनेछ । त्यसो हुनाले अब जहासँम्म अतितको कुरा छ त्यतिबेला हाम्रा असमानताहरु थिए, भिन्नताहरु थिए, एकअर्कालाई लगाएको लाञ्छनाहरु थिए कति सही थिए कति गलत थिए ती सब मुल्यांकन गर्ने कुरा हो । अब यसमा अड्किएर बस्नु हुन्न । किनभने हामीले के जान्नुपर्छ भने अतित वर्तमानलाई रोक्न होइन वर्तमानको सेवामा आउनुपर्छ । अतितलाई वर्तमानको सेवाको निम्ति प्रयोग गर्नुपर्छ जसले गर्दा भविष्यको बाटो प्रसस्त होस् । अतितलाई ल्याएर बाटो छेक्न थालियो भने त ४० सालमा उसले यसो भनेको थियो ३९ सालमा उनले यस्तो भनेको थियो भनेर हामीले बाटो छेक्ने काम गर्यौं भने हाम्रो भविष्य छैन । भविष्यको बाटो प्रशस्त गर्नको निम्ति हामीले एउटा च्याप्टरको रुपमा हाम्रो स्वभाविक रुपमा माक्र्सवादका युगमा र हाम्रा स्मरणमा राख्नुपर्छ र त्यसलाई भविष्यको लागि बाटो बनाउनुपर्छ ।

अहिले एमालेमा पनि जबजको च्याप्टर क्लोज भयो भनिन्छ ? र माओवादीमा पनि माओवाद किन चाहियो भनिन्छ ? कसैले माओवाद आवश्यक छ भनेका छन् त कसैले जबज आवश्यक छ भनेका छन । तपाई के भन्नुहुन्छ ?

अब यी दुवै कार्यक्रममा  माओवाद त त्यसो होइन, जबजसँग मिल्दोजुल्दो कार्यक्रम भनेको एक्काइसौं शताब्दीमा जनवादको विकास ल्याएका थियौं । यसको समानता के छ भने दुवैले राजनीतिक पहललाई मानेको छ । पोलिटिकल प्लुर्यालिज्म, यो फिलोसोफि होइन फिलोसोफिमा बहुलतालाई मान्ने हो भने म त यो पार्टीमा बस्न सक्दिन । तर मुख्य कुरा राजनीतिक बहुलता दुईटै पार्टीले मानेको अवस्था छ । त्यो दुवै कार्यक्रम हुनुमा । तर त्यो दुवै कार्यक्रम नेपालमा जनवादको स्थापनाको निम्ति अर्थात् समाजवादी आन्दोलनको प्रथम चरणको कार्यभार पुरा गर्नको निम्ति लिइएको कार्यक्रम थिए । अब दुवै पार्टी समझदारीमा पुगेका छन् भने नेपाली समाज सामन्ती समाज रहेन । अर्कै ढंगले हामीले चाहेको जस्तो त होइन । तर आजको परिस्थिति अनुसार विशिष्ट ढंगको पुँजीवाद देशमा आएको छ । यसलाई बेथितिको पुँजीवाद अरु विभिन्न किसिमका विश्लेषणहरु दिन सकिन्छ ।

नेपाली समाजमा जनवादी क्रान्ति गर्नु त छैन । जनवादी क्रान्तिका कतिपय क्रान्ति भनेको कस्तो कुरा हो भने क्रान्तिका कतिपय कार्यभारहरु पहिले नै पुरा भइसकेका हुन्छन् । पहिल्यै नै क्रान्तिको दौरानमा क्रान्ति चर्को रुपमा भैरहेको बेलामा पुरा हुन्छन् भने कतिपय क्रान्तिका कार्यभारहरु भने पछि गएर पुरा हुन्छन् ।  त्यस्ता कतिपय कार्यभारहरु बाकी रहन्छन् । ती कार्यभारहरु समाजवादी कार्यक्रम लागू गरेर पनि पुरा गर्दै जान सकिन्छ । त्यसैले अब हामीले जबज एक्काइसौं शताब्दीको जनवादबाट प्रचुर रुपमा शिक्षा लिएर आगामी कार्यक्रमहरु गर्नुपर्छ । र त्यो कार्यक्रम भनेको समाजवादी कार्यक्रम हुनेछ । जबज पनि समाजवादी कार्यक्रम होइन । एक्काइसौं शताब्दीमा जनवादी समाजवाद भनेको समाजवादी कार्यक्रम होइन । अब समाजवादको निम्ति अर्कै समाजवाद ल्याउनुपर्छ । ती दुई कार्यक्रमले हामीलाई यहाँसम्म ल्यायो । जबजको कार्यक्रम र एक्काइसौं शताब्दीको जनवादको कार्यक्रमले हामीलाई यहाँसम्म ल्यायो । हामीले अगाडिका निम्ति समाजवादीको कार्यक्रम गर्नुपर्छ । यसमा जबजले बढी योगदान गर्यो या एक्काइसौं शतादीको समाजवादले बढी योगदान गर्यो । यी कुराहरु त छलफलका कुराहरु हुन् ।

यसमा तपाइको मत