तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुरु


काठमाडौं, फागुण ११ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुरु हुदैछ । उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तु प्रवद्र्धन गर्ने उद्धेश्यले प्रदर्शनी हुन लागेको हो ।

उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजना र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा गर्न लागेको प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछ । प्रदर्शनीमा हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुका ७५ वटा कक्ष रहनेछ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा संखुवासभा, दोलखा, रसुवा, मनाङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन हुने याकको चिज, छुर्पी, राडीपाखी, तरकारीको बीउ, तोरा जुस, रसुवाको कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली हर्बल चिया, सिलाजित, कर्णालीको सिमी, स्याउको चाना, ओखर, चिराइतोलगायत राखिने छ ।

यसमा तपाइको मत