छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं, फागुण १७ । कैलालीको घोडाघोडी–१ डोडापुलमा आज विहान ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बिहान पौने ४ बजे से १ त ४६५६ नम्बरको ट्याक्टरबाट खसेरर स्थानीय ४५ वर्षीय विभू चौधरीको मृत्यु भएको हो ।

यस्तै सुनसरीको दुहवी ८ मा गएराती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका ८ मा पिकअपले ट्याम्पुलाई ठक्कर दिंदा ट्याम्पुमा सवार इटहरी उपमहानगरपालिका ५ का ३० वर्षीय अनुज भुजलेको मृत्यु भएको हो ।

बा. ८ च ४०५५ नम्बरको पिकअपले को १ ह ७११ नम्बरको ट्याम्पुलाई ठक्कर दिंदा गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत