काठमाडौंमा झाडापखला लगायतका स्वास्थ्य समस्य बढ्दो


काठमाडौं, फागुन २० । गर्मि सुरु भएसँगै विभिन्न रोगको संक्रमण देखिन थालेकाले स्वास्थ्यमा ध्यान दिन चिकित्कसले सुझाव दिएका छन् । अहिले झाडापखाला, ज्वरो, टाईफाईड, जण्डिस, आउँ लगायतका स्वास्थ्य समस्या देखिन थालेकाले विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका हुन् ।

सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेर बहादुर पुनका अनुसार अहिले अस्पतालमा झाडापखाला, ज्वरो, जण्डिस र कडा खालको टाईफाईडका बिरामी देखिन थालेका छन् ।

उनका अनुसार २० देखि २५ जनामा १७÷१८ पटक सम्म टाईफाईड भएको पाईएकोे छ । डा पुनले यो मौसममा टाउको दुख्ने, आलस्य हुने, टाइफाइड, झाडापखाला, पेटको दुखाइ, जन्डिस, आँखा सुख्खा हुने, चिलाउने, एलर्जी लगायतका समस्या बढी देखिन भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सरसफाइको कमी, बासी, सडेगलेका फोहोर खानेकुरा, फलफूलहरु जथाभावी खादाँ खानेपानीमा ध्यान नदिंदा यी रोगले छिटो संक्रमण गर्ने खतरा हुन्छ । त्यसैले सरसफाई र स्वस्थ खानेकुरामा ध्यान दिएमा यी रोगबाट बच्न सकिने चिकित्सकको भनाई छ ।

यसमा तपाइको मत