निम्न काम गर्दा यी बार सफलता पाउन सकिन्छ, जान्नुहोस् !


के तपाई कुनै काम गर्दै हुनुहुन्छ या गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने वार र राशी अनुसार काम गर्दा तपाईलाई फाइदा मिल्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै पनि कामको शुभ फल र लाभका लागि केही प्रावधान निर्धारण समेत गरेको छ । जसमा बताइए अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ।

यी बार यी काम गर्नुहोस्:

आइतबार
आइतबार राज्याभिषेक गर्ने , मन्त्र–उपदेश गर्ने,गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा,औसधि निर्माण गर्ने, गाइगोरु किनबेच गर्ने , हवन गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार यो बार उपयुक्त हुन्छ ।

सोमबार
यज्ञ गर्नु गराउनु,घास, गाइ, भैसी, घोडा, फूल,मोति, वृक्ष्य, चादी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु यसबारमा उपयुक्त मानिन्छ।

मंगलबार
भेद गर्नु , अनैकतिक काम गर्न,कपट, दम्भ, शास्त्रबर्धन, संग्राम, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नु शुभ मानिन्छ ।

वुधबार
चातुर्य , दक्षता , पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु ,मन्त्र जप तप गर्नु , नया कामको अध्ययन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु , बादबिबाद गर्नु शुभ मानिन्छ , विहीवारः धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य यस बारमा शुभ मानिन्छ ।

शुक्रबार
गायन ,मणि , रत्न , हिरा , सुगन्ध , बस्त्र , उत्साह , अलंकार , बाणिज्य , व्यापार , गाइ९बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य यसबारमा शुभ मानिन्छ ।

शनिबार
झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह-प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु यसबारमा शुभ मानिन्छ ।

यसमा तपाइको मत