अभिनेत्री सन्नी लियोनी बनिन् ३ सन्तानकी आमा


बलिउड अभिनेत्री सन्नी लियोनी आमा बनेकी छन् । जुम्ल्याहा बच्चाको तस्बिर शेयर गर्दै सन्नीले आफू आमा बनेको जनाएकी छन् । यद्यपी यो बच्चा उनी आफैंले जन्माएको नभई सरोगेसीको सहारामार्फत हो ।

सन्नी दम्पतीले सोशल मिडियाबाट तस्बिर सार्वजनिक गर्ने बितिक्कै धेरैले बच्चा सन्नी आफैले जन्माएको हो वा होइन जिज्ञासा राखेका थिए । सो जिज्ञासा मेटाउदै सन्नीले अशर र नोहा आफ्नो बायोलोजिकल बच्चा भएको बताएकी छन् ।

गतबर्ष पनि सन्नीले एक बच्चालाई धर्म पुत्र बनाएकी थिइन् । सन्नी पोर्न दुनियाँ हुँदै बलिउडमा भित्रिएकी थिइन् ।

यसमा तपाइको मत