नर्सिङ छोडेर केटाको कपाल काट्दै नीरु


२१ फागुन,काठमाडौं । २०३२ सालमा पोखरामा जन्मिएकी निरु कुवंर आफ्नो दश वर्षिय नर्सिङ पेसालाई छाडेर पुरुषको कपाल काट्न थालेकी छिन् । राजधानीको ओम हस्पिटल र विएन्डी हस्पिटलमा डा. भोला रिजालसहितका डाक्टरहरुसँग १० वर्ष नर्सिङ गरेर गरेर केटाको कपाल काट्न थालेकी हुन् । कुवंरले आज १० लाख लगानीमा नख्खुमा बुउँटी क्लव इनोरोभेटिभ खोलेकी छिन् । उनलाई आफ्नो परिवारसहित कृष्ण पुनले सहयोग गरेका छन् । पुन उक्त इनोरोभेटिभका लगानी कर्ता पनि हुन् । करिव ३ वर्ष बैकंकमा हेयर कटिङ ड्रेनिङ तालिम लिएर आएकी कुवंरले सन् २ हजमर देखिनै पुरुषको कपाल काट्दै आएकी छिन् ।

उनले नेपालमा महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्छिन् भन्ने उद्देश्यले आफूले उक्त इनोरोभेटिभ खोलेको बताइन् । कुवंरले भनिन्, “मैले सन २००० देखिनै पुरुषको कमाल काट्दै आएकी छु । महिला पनि पुरुष जत्तिकै सक्षम हुन्छन् भनेर मैले पुरुषको कमाल काट्न थालेकी हुँ । म पहिला नर्सिङ गर्थे । काठमाडौंको विएन्डी र ओमहस्पिटलमा गरी मैले १० वर्ष नर्सिङ पेसामा काम गरेकी छु ।” कुवंर नेपालमा युवा जनशक्तिलाई दक्ष र रोजगारी बनाउन आफूहरुले इनोरोभेटिभ खोलेको समेत बताउँछिन् । ” कपाल त सबैले काट्छन् तर, यसबाट के-के रोगहरु आउँछन् कसैलाई थाहा छैन । सोचेको खण्डमा नाउहरुले एचआइभीदेखि स्किन रोगसम्म सार्दिन सक्छन् ।

इनोभेटिभले त्यसलाई ध्यानमा राखेर हाइजनिक प्रकारले लागुपर्छ, “नीरु भन्छिन्, “भारतीय दाजुभाइहरुले हाम्रो नेपालीको कमाल काटेर करोडौं लानु हुन्छ । तर, नेपालमा भएका युवा-युवतीहरु रोजगारीको लागि विदेशी जानुपर्ने बाध्यता छ । त्यसैले अब हामी नेपालमा भएका युवा-युवतीलाई ड्रेनिङ दिएर स्वदेशमै रोजगारीको सिर्जना गर्छौं । म एउटा नर्सको हिसाबले भन्दै छु- शिक्षित युवा-युवती यस पेसामा लाग्दा राम्रो हुन्छ । उहाँहरुले स्वास्थ्य सम्बन्धी धेरै बुझेका छन् । हामीसँग काम गर्न चाहने अनपढहरुलाई पनि यस पेसामा डिग्रीसहित सक्षम बनाउछौं ।”

उनले नेपालीको स्वास्थलाई ध्यानमा राखेर उक्त क्लव खोलेको जिकिर गरिन् । “नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले यस बुल्स क्लव खोलेका हौं । जिम, सामना, स्पा, ब्युटीपार्लर र स्मिङ सबैले एउटै छानामुनी भेटाउँनुहुन्छ । यहाँ आउनु भएमा हामी डाक्टरहरुलाई समेत उपचार दिन्छौं । उहाँहरु २४ सै घन्टा विरामीलाई उपचार दिनुहुन्छ । हामी उहाँहरुलाई हेल्दि स्पाद दिन्छौं । अनि मात्र उहाँहरु विरामीको चेकअप गर्न सक्नुहुन्छ । डाक्टर आफ्नै विरामी भएमा प्यासेन्टलाई के उपचार दिनसक्नु हुन्न ।” सन २ हजारदेखि केटाको कपाल, दाह्री काट्ने र ट्रेनिङ लिँदै आएकी कुवंर नेपालकै पुरुषको कपाल काट्ने महिलाको रुपमा आफूलाई दावी समेत गर्छिन् ।

यसमा तपाइको मत