के तपाई आफ्नो अनुहारलाई चमकिलो बनाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् !


के तपाईलाइ थाहा छ हरेक मानिसको चमकता उमेर अनुसार नै परिवर्तन हुँदै जान्छ । अनुहारको चमकता उमेर अनुसार हराउँदै जान्छ । आफ्नो अनुहारलाई जहिले पनि सुन्दर राखिरहनका लागि निकै ध्यान दिनुपर्छ । आफ्नो अनुहारको सुन्दरता बचाउनका लागी सधै आफैले नै विचार पुर्याउनुपर्छ ।

आफ्नो अनुहारको चमकतालाई कायम राख्न यी उपायहरू अपनाउनुहोस्:

–समयमा नै सुत्ने, बिहान सबेरै उठ्ने, बिहान नियमित व्यायाम गर्ने, सकरात्मक सोच राख्ने, खेलकुद, मनोरञ्जनमा नियमित सहभागी हुने जस्ता कार्यले सुन्दरतालाई लामो समयसम्म जोगाउनुका साथै बुढ्यौली टाढा भगाउँछ ।

– डर, अनिन्द्रा, कब्जियतबाट टाढा रहनुपर्छ ।

– खानामा प्रसस्त भिटामिन, खनिज पदार्थ, दुधबाट बनेका तत्वहरु, ताजा फलफुल, हरियो सागपात, गेडागुडी, माछा, मासु, जस्ता पौष्टिक तत्व नियमित खाने गर्नुपर्छ ।

–घरबाट बाहिर निक्लनु अघि ‘सन ब्लक क्रिम’को प्रयोग गर्दा घामबाट छाला जोगिन्छ ।

– मुहारलाई सुन्दर राख्न र चाँडै बुढयौली आउन नदिन चिन्ता र तनाव मुक्त हुनुपर्छ ।

– मुहारलाई सुन्दर राखिरहन घरमै पनि ‘फेसप्याक’ बनाएर नियमित प्रयोग गर्दा यसले मुहारको सुन्दरता कायम राख्छ ।

– उमेर ढल्किन थालेपछि सातामा एक पटक मुहारको मालिस गराउने । मालिसले छालालाई चाउरिनबाट केही मात्रामा भए पनि जोगाउँछ । मालिस गर्दा साह्रै चाँडो र ढिलो भन्दा ठिक्कसँग गर्नुपर्छ ।

– दैनिक रुपमा ‘एन्टि रिँकल क्रिम’को प्रयोग गर्नुपर्छ ।

– दैनिक रुपमा मुहारको ‘क्लिन्जिङ’ गर्नुपर्छ ।

– अत्याधिक चिया, कफी सेवन, रक्सी, चुरोटको सेवनले पनि सुन्दरतामा ह्रास ल्याउँछ ।

यसमा तपाइको मत