ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं, फागुन २३ ।  बुधबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढ्न गएको छ ।

मंगलबार बजारमा सुनको मूल्य ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार सुनको मूल्य बढेर ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

मंगलबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बुधबार चाँदीको मूल्य बढेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत