बिहीबार बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मूल्य


काठमाडौं, फागुन २४ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

बुधबार बजारमा सुनको मूल्य ५८ हजार रुपैयाँले कारोबार भएकोमा बिहीबार सुनको मूल्य घटेर ५७ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बुधबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार चाँदी मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत