ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं, फागुन २७ । नेपाली बजारमा आइतबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

शुक्रबार सुनको मूल्य ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार सुनको मूल्य बढेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

शुक्रबार चाँदीको मूल्य ७ सय ४० रुपैयामा कारोबार भएकोमा आइतबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत