प्रचण्डको प्रश्न : मैले कतिवटा प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ ?


२७ फागुन , काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब विकासको युग सुरु भएको भन्दै विगतमा जस्तो पटक पटक प्रधानमन्त्री फेर्न नहुने धारणा राखेका छन्।

आइतबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूले आठ ओटा प्रधानमन्त्री बनाइसकेको भन्दै अब कतिवटा प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ भन्दै ठट्टा समेत गर्न भ्याए ।

भने, ‘मलाई विभिन्न समयमा गरी ८ वटा प्रधानमन्त्री बनाउने अवसर प्राप्त भएछ ।’ उनले ठट्टा गर्दै थपे, ‘अब कति वटा बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ भन्ने सम्म भयो । कतिलाई सिधै पार्टी अध्यक्षको रुपमा प्रस्ताव गरेँ त कतिलाई सिधै प्रस्ताव समेत गरेँ ।’
उनले अब छोटो समयमा प्रधानमन्त्री फेर्ने समय नभएको भन्दै शान्ति, स्थायित्व र सुशासनको पक्षमा लाग्ने बेला भएको बताए ।

यसमा तपाइको मत