विमान दुर्घटनामा ४५ को मृत्यु


काठमाडौं, फागुन २८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको बंगलादेशको विमान दुर्घटनामा ४५ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए। २७ जनाको शव दुर्घटनास्थलमा छ भने बाँकीको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए।

उद्दार कार्य अझै जारी रहेको छ। चालकदलका सदस्य सहित ७१ जना सवार विमान अपराह्न २ बजेर १८ मिनेटमा दुर्घटना भएको थियो। विमानमा ३३ नेपाली दुर्घटना भएको विमानमा ३३ जना नेपाली रहेको विमानस्थलका प्रवक्ता  प्रेमनाथ ठाकुरले जानकारी दिए। बाँकी यात्रु विदेशी रहेको बताइएको छ।

यसमा तपाइको मत