विमान दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४८,


काठमाडौं, फागुन २८ । साेमबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएकाे यूएस बंगला विमानमा यात्रारत ४८ जना यात्रुकाे मृत्यु भएकाे बताइएकाे छ । विमानबाट ४० वटा शव निकालिएकाे छ भने उपचारका क्रममा ८ जनाकाे मृत्यु भएकाे छ ।

उद्धारकाे कार्य अहिले पनि जारी छ ।  स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।

अहिलेसम्म विमानमा कति यात्रु  थिए भन्नेमा फरकफरक दाबी गरिएका छन् ।  नागरिक उड्डययन प्राधिकरणका अनुसार विमानमा ७६ यात्रु रहेकाे बताइएकाे छ ।

यसमा तपाइको मत