चट्याङ लागेर आमा छोरीको मृत्यु


सिन्धुपाल्चोक, फागुन २९ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घुगामा चट्याङ लागेर आमा छोरीको मृत्यु भएको छ ।

हिजो साँझ हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर २६ बर्षिया तोकमाई तामाङ र उनको १ महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक मोहन पोखरेलले जानकारी दिए । चट्याङले ५ वटा बाख्रा समेत मरेका छन् ।

यसमा तपाइको मत