ग्याँस ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु


चितवन, फागुन २९ । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत पाँच किलोमा भारतीय ग्याँस ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती साढे ९ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ग्याँस ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थलमै मृत्यु भएका चालकको सनाखत हुन सकेको छैन । मतृकको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । आफैं अनियन्त्रित भई दुर्घटनामा परेको ट्यांकर सडकबाट करिव २५÷३० मिटर तल त्रिशुली नदी किनारमा पुगेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत