लाजिम्पाटबाट ५ किलो चरेस सहित २ जना पक्राउ


काठमाडौं, फागुन २९ । काठमाडौंको लाजिम्पाटमा रहेको इम्पोरिलय क्याफेबाट ५ किलो लागुऔषध चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित गैडाकोट नगरपालिका १० का ३२ वर्षीय विजय घर्ती मगर र कास्कीको पोखराका ३० वर्षीय सुमन रोक्का मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई प्रहरी वृत्त दरबारमार्गमा राखि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत