नेप्से परिसूचक ०.१२ प्रतिशतले बढ्यो


काठमाडौं । मंगलबार दोस्रो घण्टाको व्यापारमा नेप्से परिसूचक ० दशमलव १२ प्रतिशत बढेको छ । सो अवधिमा नेप्से परिसूचक १ दशमलव ५७ अंकले बढेर १ हजार २ सय ७८ दशमलव ५८ विन्दुमा पुगेको हो ।

दोस्रो व्यापारमा १ सय १ कम्पनीको १ हजार ६९ पटकको व्यापारमा रू. ७ करोड २० लाख ५४ हजार २ सय १९ बराबरको १ लाख ४७ हजार ५३ कित्ता शेयर कारोबार भएको छ ।

सो अवधिमा युुनिलिभर नेपाल लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कारोबारमा आएका ९ समूहमध्ये बैङ्किङ् समूहको ० दशमलव २३ प्रतिशत, होटल समूहको ० दशमलव ७६ प्रतिशत, वित्त समूहको ० दशमलव ६४ प्रतिशत र अन्य समूहको परिसूचकमा ० दशमलव ८७ प्रतिशत वृद्वि देखिएको छ ।

कारोबारमा आएका बाँकी विकास बैंक समूहको ० दशमलव ४५ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ३३ प्रतिशत, बीमा समूहको ० दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २१ प्रतिशत र लघुवित्त समूहका शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ ।

यसमा तपाइको मत