राष्ट्रपति निर्वाचनको मतगणना शुरू


काठमाडौं, फागुन २९ । राष्ट्रपति निर्वाचनको मतदान सकिए लगत्तै अपरान्ह ४ बजेपछि मतगणना सुरु भएको छ । संसद भवन नयाँ वानेश्वरमा मतगणना सुरु भएको बताइएको छ ।

दिउँसो ३ बजेसम्म भएको मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी ८६२ जनाले मतदान गरेका छन् । राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई उम्मेदवार छन् ।

भण्डारीलाई नेकपा एमाले, माओवादी केन्द्र, फोरम नेपाल र राजपा लगायतका दलको समर्थन छ भने राईलाई कांग्रेसको समर्थन छ । नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले निर्वाचन बहिस्कार गरेका छन् ।

यसमा तपाइको मत