उद्योगमन्त्री मातृका यादबले यी महत्वपूर्ण कार्य गर्दै


२९ फागुन, काठमाडौं । उद्योग तथा  बाणिज्यमन्त्री मातृका यादबले बेरोजगार समस्याको समाधान गर्नुको साथै बढ्दो व्यापार घाटा कम गर्न हाल बन्द भएको विभिन्न उद्योग संचालन गर्न पहल गरेका छन् । उनले रुग्न उद्योग चाडै संचालन गर्नको लागि  हाल तिनीहरुको अवस्थाबारे छिटै जानकारी गराउन सचिबलाई निर्देशन दिनुका साथै संचालन प्रक्रिया अगाडी बढाउन समेत निर्देशन दिएका छन् ।

उनले गोरखकाली रबर , हेटौंडा कपडा उद्योग, विरगन्ज चिनी मिल ,जनकपुर चुरोट कारखाना लगायत अन्य उद्योग यथाशिग्ग्र  संचालन प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको बताइएको छ । उनले कालाबजारी, भ्रष्ट एबं तस्करी गर्ने माथि समेत कडा कार्वाही गर्न निर्देशन दिएका छन् ।

यसमा तपाइको मत