सोमबार कतिले घट्न गयो सुनचाँदीको मूल्य ?


काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार भने सुनको मूल्य घटेर ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

आइतबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा सोमबार चाँदीको मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

यसमा तपाइको मत