चैते दशै टारीवेशी मेलाको सम्पूर्ण तयारी पुरा


“हाम्रो पहिचान सम्बर्दन र विकाश हाम्रो अभियान” भन्ने मेला नारा सहित कुमारी देवी यूवा क्लब निलकन्ठ १० धादिङद्वारा आयोजित प्रथम चैते दशै मेलाको तयारी अन्तिम चरणमा पूगेको छ । निलकनण्ठ नगरपालिका–१० स्थित टारिबेसीमा हूने उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तूति रहनेछ लोक दोहोरी तर्फ पशुपति शर्मा, प्रिति आले, राज कूमार बानियालगायतको प्रस्तूती रहनेछ भने आधुनिक तर्फ मेलिना राईको प्रस्तुति रहनेछ । हास्यकलाकार हरि निरौला (कक्रोज), सागर लम्साल (बले) उक्त कार्यक्रमको प्रमुख आकर्षक रहने आयोजकले जनाएको छ । त्यसैगरी नृत्य तर्फ मोडल रिया श्रेष्ठ, दिवस पान्डे र पूजा जोसीको प्रस्तुति रहने छ । त्यसै गरी लाईभ ब्यन्डमा स्थानिय ब्यान्ड सककगै सासन कडेल र बिजय थापाको दमदार प्रस्तूति रहने कार्यक्रम संयोजक सुर्य थपलियाले बताए ।

यसमा तपाइको मत