दक्षिणकालीमा बस दुर्घटना २ को मृत्यु २२ घाइते


काठमाडौं, चैत १५ ।  दक्षिणकालीबाट काठमाडौंतर्फ आइरहेको बस फर्पिङमा दुर्घटना भएको छ । बा १ ख ९९९९ दक्षिणकाली यातायात सडकमा भएको खाल्डोका कारण अनियन्त्रित भएर पल्टिँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

मृतकको सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले बताए ।

यसमा तपाइको मत