मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौं, चैत १९ । काठमाडौंको बबरमहलमा आज विहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बा ८० प ७१ ७३ नम्बरको मोटराइकल तीव्र गतिका कारण अनियन्त्रीत भइ बा १ ग २२ ३५ नम्बरको सरकारी गाडीमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलको पछाडी बसेका काभ्रेका १८ बर्षीय निश्चल बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका बस्नेतको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक भक्तपुरका उमेश फुयाँलको नर्भिक अस्पतालमै उपचार भइरहेको छ ।

यसमा तपाइको मत