बूढीगण्डकीमा डुबेर दुई विद्यार्थीको मृत्यु


धादिङ, चैत २१ ।  गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरबाट काठमाडाै‌ं लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए।

नदीमा डुबेपछि उनीहरुलाई गाउँवासीले उद्धार गरेका थिए। उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो।

यसमा तपाइको मत