सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै गाडी दुर्घटनामा चार जनाको मृत्यु


सिन्धुपाल्चोक, चैत २६ । सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गएराति मेलम्ची नगरपालिका ९ पीपलटारमा बा १८ च ४६९९ नम्बरको बोलेरो जिप दुर्घटना हूँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय सुरेश तामाङ, कमल स्याङ्बो र मोति अधिकारी रहेका प्रहरी उपरीक्षक मोहन पोख्रेलले जानकारी दिए । जीप अनियन्त्रित भइ सडकबाट तल भिरमा खसेर दुर्घटना भएको हो । सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिकाको तिम्बुमा आज विहान बस दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

काठमाडौंबाट हेलम्बु जाँदै गरेको बा २ ख ६३६५ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेमध्ये अवस्था गम्भीर रहेका एकजनालाई धुलिखेल ल्याइएको छ भने २ जनाको मेलम्चि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसमा तपाइको मत