न्यु बिज्ञान इन्टरप्राइजेजको ठगी धन्दा : चर्को मुल्य, किरा र लेउ भएको पानी बिक्रि (भिडियोसहित)


२९ चैत्र , काठमाडौँ । नंया बानेश्वरमा रहेको न्यु बिज्ञान इन्टरप्राइजेजको ठगी धन्दाको पर्दाफास भएको छ। उसले बिक्रि गर्दै आएको शिभपुरी ब्रान्डको पानीमा किरा र लेउ भेटिएको हो । न्यु बिज्ञान इन्टरप्राइजेजले उपभोक्ताको स्वास्थ्यमाथि नै खेलवाड गरेको तथ्य प्रमाणित भएको छ । उसले किरा र लेउ मिश्रित पानि बिक्रि गरिरहेको भेटिएको छ । न्यु बिज्ञान इन्टरप्राइजेजले बजारमा खुलेआम किरा र लेउ मिश्रित पानी बिक्रि गरिरहेको छ । बजारमा खुलेआम किरा र लेउ मिश्रित पानी बिक्रि गर्दा समेत उसलाई सबन्धित निकायले कुनै कानुनी कारवाही गरेको छैन ।

काठमाडौँको बिर अस्पतालमा निरन्तर पानी सप्लाई गरिरहेको न्यु बिज्ञान इन्टरप्राइजेजले उपलब्ध गराएको पानीमा किरा र लेउ भेटिएको हो । अचानक पानी पिउदा कर्मचारी,बिरामी ,बिरामी कुरुवा तथा डाक्टर नै बिरामी भएपछी पानीको जार चेक गर्दा पानी भित्र व्यापक धुलो , लेउ तथा किरा भेटिएको थियो। बिर अस्पतालमा निरन्तर पानी सप्लाई गरिरहेको न्यु बिज्ञान इन्टरप्राइजेजले पानीको मुल्यमा समेत ब्यापक ठगी गरेको भेटिएको छ। उसले प्रति जार रु.४८ मा बिर अस्पताललाई पानी बेचिरहेको छ।

पानी भित्र व्यापक धुलो , लेउ तथा किरा देखेपछि अस्पतालको खरीद इकाईले न्यु बिज्ञान इन्टरप्राइजेजलाई खबर गरेका थिए । तर उनीहरु सम्पर्कमा नै नआएको अस्पतालले जनाएको छ। हाल न्यु बिज्ञान इन्टरप्राइजेजले अस्पतालमा आफ्नो करार समाप्त भएकाले नबिकरणको लागि निवेदन समेत दिएको अस्पतालले जनाएको छ। पानीको जार चेक गर्दा पानी भित्र व्यापक धुलो , लेउ तथा किरा समेत भेटिएपछी अस्पतालले न्यु बिज्ञान इन्टरप्राइजेजलाई यस सबन्धमा स्पष्टीकरण सोधेको भएपनि कुनै जवाफ नै नदिएको अस्पतालले जनाएको छ।

फोहोर पानी पिउदा प्याथोलोजी विभागका आवासीय चिकित्सक नै बिरामी भएका थिए भने कतिपयलाई झाडापखाला लागेको थियो । कोहीलाई टाउको तथा पेट दुख्नुको साथै बान्ता समेत भएको थियो । दुर्गन्धित पानीले डाक्टर नै बिरामी पर्न थालेपछि उनीहरुले डाइरेक्टरसंग तद्काल यो पानी खरीद बन्द गर्न दबाब दिएका थिए । धुलो,लेउ तथा किरा भएको फोहोर पानीको कारण कर्मचारी,बिरामी ,बिरामी कुरुवा तथा डाक्टरसमेत बिरामी पर्दा अस्पताल प्रशासन के हेरेर बसेको छ भनि हामीले सोध्दा खरीद इकाई संयोजक भगवति थपलियाले भनिन्- पहिला हामीलाई पानीमा यस्तो फोहोर होला भन्ने थाहा भएन अब यो कम्पनीको पानी खरिद नै गर्दैनौ। डाइरेक्टर भुपेन्द्र वस्नेतले भने आज देखि नै उनीहरुसंग गरिएको खरिद सम्झौता रद्द गरिएको न्युज बिहानीलाई बताए ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत