राष्ट्र बैंकका कर्मचारीको एक वर्षमा भत्ता मात्रै १ अर्ब बढी


काठमाडौं, चैत ३० । नेपाल राष्ट्र बैंकका कर्मचारीले एक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँ भत्ता खाएका छन् ।

महालेखा परिक्षकको कार्यालयले तलब बाहेक १ अर्ब ३४ करोड रुपैयाँ भत्ता खाएको जनाएको छ ।

राष्ट्र बैंकका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षाकोष बाहेक १९ किसिमको भत्ता दिने गर्छ ।

८ किसिमका भत्ता सबै तहका कर्मचारीले पाउने भएपनि बँँकी ११ किसिमको भत्ता भने विशेष समुहका कर्मचारीले मात्र पाउँदै आएका छन् ।

यस्तो भत्ता बापतको खर्चमा तलब खर्चको अनुपातमा २०१ प्रतिशतसम्म हुन आउँछ ।

आर्थिक वर्ष २०७३र७४ मा तलब बाहेक १ अर्ब ३४ करोड भत्ता बापत खर्च लेखेको महालेखा परिक्षकले भनेको छ ।

यसमा तपाइको मत