पहिलो राष्ट्रिय आर्थिक गणना आज देखि देशैभर एकैपटक सुरु


काठमाडौं, बैशाख १ । पहिलो राष्ट्रिय आर्थिक गणना आजदेखि देशैभर एकैपटक सुरु हुदैछ । केन्द्रीय तथ्याङ्क विभागले शुरु गर्न लागेको आर्थिक गणनाको दिउँसो अर्थमन्त्री युवराज खतिवडाले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

आर्थिक गणना जेठ मसान्तसम्म चल्नेछ । दुई महिनामा नेपाल भित्र रहेर आर्थिक क्रियाकलाप सञ्चालन गर्ने उद्योग, व्यवसाय, व्यवसायिक तथा वित्तिय संघ संस्था र प्रतिष्ठानको तथ्याङ्क संकलन गरिनेछ ।

तथ्याङ्क संकलनका लागि तीन हजार ५ सय गणक र ५ सय सुपरभाइजर गरी चार हजार जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ । विभागका अनुसार गणकले देशभर संकलन गरेका आर्थिक विवरणलाई प्रशोधन गरी विश्लेषणात्मक प्रतिवेदन तयार गर्न भने करीब पाँच वर्ष लाग्ने अनुमान छ ।

यसमा तपाइको मत