मोटरसाइकल दुर्घटनामा परी दोलखामा दुई जनाको मृत्यु


चरीकोट, वैशाख २ ।  नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–१ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो।

दोलखाको शैलुङबाट रामेछापतर्फ जाँदै गरेको बा९२प ७२१४ नम्बरको मोटरसाइकल शनिबार राति तामाकोशी गाउँपालिका–१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ।

दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार तीव्र गतिमा मोटरसाइकल दौडाएकाले दुर्घटना भएको हो। मोटरसाइकल सडकबाट करिब १५० मिटर तल खसेको थियो।

यसमा तपाइको मत