भारतसँगको व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुन्छः खनाल


विराटनगर, वैशाख २।  पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताएका छन् ।

स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा उनले छिमेकी मित्रराष्ट्र भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए ।

विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा छन् ।

छतले होटलमा स्विमिङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा विशेष कोठा समेत छ ।

स्वदेशी तथा विदेशी गैरसरकारी संघसंस्था, नेपाली तथा भारतीय उद्योगी, व्यापारी र पर्यटकको बसाइँलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए ।

निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश नं को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएको अर्का सञ्चालक रुपमणि राजभण्डारीले बताए ।

होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनाका साथै थप एक सेमिनार हल निर्माण गर्ने निर्देशक न्यौपानेले बताए ।

उक्त होटलमा दक्ष जनशक्तिद्वारा नेपाली, भारतीय, चाइनिज र इटालिन खाना पकाउनाका साथै रु चार हजार ५०० देखि रु १० हजारसम्मका कोठा उपलब्ध छन् ।

यसमा तपाइको मत