फरक क्षमतमा भएका विद्यार्थी भर्ना गर्न यस्तो छ सरकारको तयारी


काठमाडौं, वैशाख २। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले  भर्ना अभियानको सुरुवातका क्रममा  आइतबार अपाङ्गता भएका बालबालिकालाई नगरेको बताएका छन् ।
सपाङ बालबालिका पढ्ने विद्यालयमा अपाङ्गता भएको बालबालिकालाई असहज हुने हुँदा उनीहरुको विषयमा शिक्षा मन्त्रालयले छुट्टै व्यवस्था गर्न छलफल थालेकाले आइतबार भर्ना नगरिएको उनको भनाई थियो ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे मन्त्री पोखरेलले भने ‘हिजो मुगुमा विद्यालय भर्ना गर्न ल्याइएका मध्ये एक जना बालक अपाङ्गता अर्थात फरक क्षमताका थिए, हामीले भर्ना  गरेनौं ।’

मन्त्री पोखरेलले थपे, ‘त्यस्तो समस्या देखेपछि मैले रातीनै प्रधानमन्त्रीसँग अपाङगता तथा फरक क्षमता भएको बालबालिकालाई अध्ययनको  व्यवस्था कसरी मिलाउने भन्नेमा छलफल गरेको छु । ’
त्यसका लागि सुरुमा हाल देशभर फरक क्षमता भएका बालबालिकालाई अध्ययन गराउने विद्यालय र ती   विद्यालयमा के कति फरक क्षमता भएका बालबालिका समेटिएका छन् भन्नेमा बुझ्ने काम भइरहेको बताए ।
पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न आग्रह गर्दै निरन्तरता दिने क्रममा अभिभावकत्व दिनेलाई कारणबस समस्या परेको खण्डमा सरकार सहयोग गर्न तयार रहेको बताए ।
उनले  अनिवार्य शिक्षा ऐन आउनु अगावै सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने मन्त्रालयको योजना रहेको समेत बताए ।
यसैबीच मन्त्री पोखरेलले बैशाख ५ गतेलाई सरकारले भर्ना दिवसको रुपमा मनाउने तयारी गरेको पनि जानकारी दिएका छन् ।

यसमा तपाइको मत