सुनको मूल्य सातामा ९ सयले बढ्यो, आज कतिमा कारोबार ?


काठमाडौं, वैशाख ३ । सुनको मूल्य एक सातामा प्रतितोला ९०० रुपैयाँले बढेको छ । चैत २६ गते प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन त्यसको एक सातामा ९ सय रुपैयाँले बढेर बैशाख ३ गते (सोमबार) सम्म आइपुग्दा ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ ।

आज तेजावी सुन भने ५८ हजार ५ सय रुपैयाँ कायम भइरहेको छ । यता चाँदी एक सातामा  प्रतितोला १५ रुपैयाँले बढेको छ । चैत २६ गते चाँदी प्रतितोला ७४० रुपैयाँ थियो । एक सातामा १५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत