हकप्रद सेयर निष्काशन गर्ने युनाइटेड इन्सुरेन्सको निर्णय


काठमाडौं, वैशाख ३ । युनाइटेड इन्सुरेन्स कम्पनीले पुँजी बृद्धिका लागि १ः२.४ अनुपातमा (१० कित्ता सेयर बराबर थप २४ कित्ता ) हपकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  कम्पनीको आइतबार बसेको  सञ्चालक समितिको बैठकले सो अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

नियामक बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई २०७५ असार मसान्तसम्म १ अर्ब रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याइ सक्नुपर्ने निर्देशन दिएको छ । पुँजी बृद्धिकै लागि कमपनीले हकप्रदको साहारा लिन लागेको हो ।

कम्पनीको हालको पुँजी ३० करोड २४ लाख रुपैयाँ छ ।  हकप्रद निष्काशन पछि युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ  पुग्नेछ । यद्यपि यो हकप्रद नियामक बिमा समितिबाट पारित भएर कम्पनीको साधारण सभाले पनि पारित गरेपछि मात्र वित्तरण हुनेछ । चालु आवको दोस्रो त्रैमाससम्म युनाइटेडको प्रतिसेयर  आम्दानी १३.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६८ रुपैयाँ छ ।

यसमा तपाइको मत