नयाँ बर्ष धमाकाको लागि गायक मदन थापा लगायत टोली कतार प्रस्थान गर्दै…


नेपाली गित संगीतको क्षेत्रमा स्टेज पफमर को पगरी गुथ्न सफल थोरै गायकहरुको सुचिमा अटाउन सफल नयाँ पुस्ताको एउटा ओझिलो नाम हो मदन थापा । नुवाकोट दुप्चेश्वर गाउँपालिकामा जन्मिएका गायक थापा लोक देखि आधुनिक,पप ,सालैजो ,कौडा,हुँदै र्याप सम्म प्रस्तुति दिन माहिर छन् ।कार्यक्रम उद्घोषण देखि सबै बिधाका गित संगीत लाई न्यायपुर्ण रूपमा पस्कन सक्ने पछिल्लो समयका चर्चित गायक थापा हालै संचालन भैरहेको ग्रामीण आईडलका प्रमुख निर्णायकको भुमिका समेत निर्बाह गरिरहेका छन् ।

चुलो बलाउन बोलको सामाजिक गितबाट औपचारिक साङ्गितिक यात्रा तय गरेका गायक थापा का काठे दोहोरी ,पश्चिमे दोहोरी ,आधुनिक ,लोक पप,सालैजो लगायत करिब २ दर्जन गित बजारमा छन भने केही बजारमा आउने तयारीमा समेत रहेका छन् । बिशेश गरि पेशागत रूपमा लोकदोहोरी साझमा देश र बिदेश गरि करिब १ दशक भन्दा बढी पार गरिसकेका गायक थापा यहि नयाँ बर्ष २०७५ को नयाँ बर्ष धमाका २०७५ का लागि कतार प्रस्थान गर्दै छन् । नुवाकोट सेवा समाज दोहा कतार द्वारा आयोजित नारायण भण्डारी ( समाजसेवी ) को संयोजकत्व र हरिराम खड्का को ब्यबस्थापन मा हुन गैरहेको उक्त कार्यक्रममा नुवाकोट कै भर्सटाईल गायक मदन थापा लगायत चर्चित लोकदोहोरि गायिका द्वय स्मृति गौतम र मनमाया वाईबा संगै चर्चित आधुनिक गायक रुपक डोटेल पनि यहि अप्रिल २० मा हुने नयाँ बर्ष धमाका २०७५ का लागि कतार प्रस्थान गर्दैछन् ।

त्यसो त गायक थापा को यो पहिलो बिदेश यात्रा भने होईन,वैदेशिक कार्यक्रमको लागि २०११ मा छिमेकी राष्ट्र भारतबाट शुरु गरेका गायक थापाले २०१३ मा मलेसिया हुँदै २०१४ / २०१५ गरि तेस्रोपटक सम्म को दुबई र २०१६ मा लाइभ साङ्गितिक साझ को लागि जापान को यात्रा तय गरिसकेका छन् भने, नेपाली नयाँ बर्ष २०७५ को लागि कतार प्रस्थान गर्न लागेका हुन् । अहोरात्र नेपाली गित संगीत का होलटाईमर गायक थापा को आगामी साङ्गितिक भबिस्य अझै सफल र सुखद रहोस् साथै नुवाकोट सेवा समाज द्वारा आयोजित नयाँ बर्ष धामाका २०७५ भब्य अनि सभ्य रुपमा सम्पन्न रहोस् हाम्रो तर्फबाट हार्दिक शुभकामना ।

यसमा तपाइको मत