अनियमितता गर्ने दास छुटकाराका लागि शक्तिकेन्द्र धाउँदै


४ बैशाख,काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति (भिसी) हुँदा आर्थिक भ्रष्टाचार र निकै ठूलो अनियमितता गरेका डा. विवि दास (बलभद्र) फेरि पनि शक्तिकेन्द्र धाउँदै उपकुलपति खाने दाउमा छन् । उनी यसअघिका उपकुलपति हुन् भने अहिलेका उपकुलपति आरके रौनियारमाथि अनेक आरोप लगाएर हटाउने चलखेलमा लागेका छन् । दास पदमा हुँदा गरेका अनियमितताबारे अख्तियारमा समेत मुद्धा परिसकेको छ । तर उनी अझै पनि शक्तिकेन्द्र धाएर फेरि पनि पद लिन दौडधुप गरेका छन् । दासको व्यवहारबाट अस्पतालका डाक्टर तथा कर्मचारी वाक्कदिक्क भइसकेका थिए र आज उनको नाम सुन्न पनि मान्दैनन् ।

प्रतिष्ठानको नियम विपरीत काम गर्ने गरेकाले एकातिर प्रशासनतन्त्र कमजोर बनेको थियो भने अर्कातिर उनको पुनः आगमन अस्पतालका लागि दुर्भाग्य बन्न पुग्ने छ भन्दै अस्पताल प्रशासन तर्सिएको छ । चिकित्सा शिक्षा जाँचबुझ आयोगले दासले जानीजानी कानुनविपरीत काम गरेकाले भविष्यमा कुनै पनि सरकारी र अर्ध सरकारी सेवामा नियुक्ति वा मनोनयनमा बन्देज लगाउन सिफारिस गरेको छ । सन् २०१६ मा एम्डी÷एम्एस् कार्यक्रममा भनसुनका भरमा तीन जनालाई छात्रवृत्ति परिचालन कार्यविधि, २०७२ विपरीत प्रक्रिया नपु¥याई निःशुल्क कोटामा अध्ययन गर्न दिइएको, छात्रवृत्तिको कोटामा थोरै नम्बर ल्याएकालाई समावेश गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । उनीहरुलाई अध्ययन गर्न दिनका लागि प्रतिष्ठानको परीक्षा समिति, कार्यकारी समिति तथा कुनै पनि समितिबाट निर्णय नगरेको आरोप पनि दासमाथि लगाइएको छ । दास आजभोलि आफू बच्न, शक्ति र आर्थिक प्रभाव पार्दै विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् ।

दासले भेन्टिलेटर, अक्सिजन प्लान्टजस्ता उपकरणहरु व्यापारीसँगको मिलेमतोमा खरिद गरेको र नियमविपरीत पहिले नै सबै भुक्तानी दिइएको उल्लेख छ । प्रतिष्ठानमा एम्डी÷एम्एस् अध्ययन गर्ने कुनै पनि विद्यार्थीले सरकारको छात्रवृत्तिमा मात्र पढ्न पाउने व्यवस्था भएपनि मेरिट लिस्टमा नै नपरेकी आफ्नी छोरीलाई पढाउनुपर्छ भनेर दासले अदालतविरुद्ध मुद्धा हाले तर अदालतले दासको विपक्षमा फैसला ग¥यो । प्रतिष्ठानको ३९ औं सिनेटले करिव ७६ करोडमा मातृ शिशु अस्पताल भवन बनाउने स्वीकृति गरेपनि दासले भनें २ सय ४९ करोडको टेण्डर स्वीकृत गराए । यो भवन बनाउने योजना स्वास्थ्य मन्त्रालयको योजनामा परेको थिएन । २०७३ जेष्ठ १९ गते मोडुलर ओटीको निम्ति टेण्डर आव्हान भएको थियो जसमा तीनवटा कम्पनीले दरखास्त हालेका थिए तर एम्एस् की कन्सेप्ट नेपाल प्राइभेट लिमिटेडले प्रस्ताव गरेको १३ करोड, ८४ लाखमा टेण्डर स्वीकृत भयो तर अरु दुई कम्पनीले योभन्दा कम मूल्यमा टेण्डर हालेका थिए । सबै रकम भुक्तानी भइसकेपनि मोडुलर आइटीको उपकरण स्टोरमा दाखिला भइनसकेको आरोप छ ।

प्रतिष्ठानमा अवस्थित भारतीय फ्रेन्चाइजी किड्जी मन्टेश्वरी स्थापना गर्न पनि बिनाटेण्डर दासले स्वीकृत दिएको बुझिएको छ । करिव ५ कठ्ठा जग्गा अत्यन्तै न्यून भाडामा दिइएको, प्रतिष्ठानमा चिकित्सकहरुलाई बस्न आवासको अभाव हुँदाहुँदै महिनाको ५ हजार रुपैंया भाडामा दिएको आरोप दासमाथि लागेको छ । शैक्षिक भवन निर्माणको लागि लामा कन्ट्रक्सनका सुशिल झासँगको मिलेमतोमा दासले गुणस्तरीय सामाग्री प्रयोग गरेको, निर्माणको वर्ष दिन नपुग्दै भवन जिर्ण भएर पानी चुहिने भएको, छत खसेको र कति ठाउँमा खस्ने खतरा भएको र दुर्घटनाको खतरा भएको जनाइएको छ ।

यसमा तपाइको मत