सर्वोच्चबाट रिहा भए लगतै कोठी संचालक वडाअध्यक्ष सुनबहादुर तामाङ पुन पक्राउ


७ बैशाख,काठमाडौँ । महिला वेचविखनको अभियोगमा प्रक्राउ परेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाअध्यक्ष सुनबहादुर तामाङ सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेलगत्तै पूनः पक्राउ परेका छन् । उनी २०६८ सालको एउटा मुद्दामा फरार रहेको तथ्य फेला परेपछि सिविआईले माघ ५ गते शुक्रवार काठमाडौं जिल्ला अदालतमा वयानका लागि उपस्थित गराएपछि अदालतले उनलाई ८ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

दुप्चेश्वर गाउँपालिका १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। नुवाकोटका करीव ४०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले गत चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

नुवाकोटकै दुई महिलाले तामाङविरुद्ध मानव बेचबिखन गरेकोे उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरी मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरेको थियो। प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा छोरा प्रदीप तामाङले माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेपछी सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले उनलाई बिहिबार मात्र साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत नुवाकोटले चैत ९ गते ३७ वर्ष ६ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको हुनाले सो फैसला कार्यान्वयन गराउन उनलाई अहिले प्रहरीले पुन प्रक्राउ गरेको स्रोतले बताएको छ । उनलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा वयानका लागि उपस्थित गराउने स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस्:

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

सुनबहादुर तामाङ विरुद्ध थप मुद्दा सिआइविमा

 

यसमा तपाइको मत