मणि थापा भन्छन् : पार्टी एकता गर्दा माओवाद छोडनु हुन्न्, वरु एमालेले पनि स्वीकार्नु पर्छ

जनताको वहुदलीय जनवाद र एक्काइशौं शताब्दीको जनवादका आधारभूत मूल्य मान्यतालाई समेटेर पार्टी एकतापछि नयाँ समाजवादी कार्यदिशा निर्माण गर्नुपर्छ



माओवाद र जवजको तुलना
३० वर्षे निर्दलिय पञ्चायतको अन्त्य पछि राजतन्त्रभित्रको प्रजातन्त्रको अभ्यास कम्युनिष्टहरुले कसरी गर्ने भनेर वहुदल पछि नेपालको कम्युनिष्ट आन्दोलनभित्र एउटा वहस थियो । त्यही वेला एमालेले जनताको वहुदलीय जनवाद (जवज)को नीति अगाडी सारेको हो ।

जवजका आधारभूत कुराभित्र एमालेले सम्वैधानिक राजतन्त्र स्वकिादै त्यसैभित्र वहुदलीय प्रतिस्पर्धाको कुरालाइृ जोड दियो । प्रजातन्त्रका मूल्य मान्यताहरु , सामाजिक सुरक्षा, सामाजिक न्यायलाई वहुदलीय ब्यवस्थाभित्र कसरी स्थापित गर्ने भन्ने कार्यनीति अन्र्तगत एमालेका तात्कालिन महासचिव मदन भण्डारीले जनताको वहुदलीय जनवाद (जवज)को कायृनीति अगाडी सारेका हुन् । भण्डारीले अगाडी सारेको उक्त कार्यनीतिकै जस्तो प्रयोग विश्व कम्युनिष्ट आन्दोलनभित्र नया होइन ।
शान्तिपूर्ण प्रतिसपर्धाको कुरा खुश्चेभहरु, भारतका माक्र्सवादीहरुले पनि गदै आएका थिए । शान्तिपूर्ण प्रतिस्पर्धाका कुरा ल्याटिन अमेरिकामा पनि कम्युनिष्ट भन्नेहरुले गदै आएका छन् । शान्तिपूर्ण प्रतिस्पर्धा वाट कसरी श्रमिक वर्ग र कम्युनष्टिहरुमा आफनो स्थान जमाउने भनेर प्रयोग हुदै आएको छ । नेपालमा पनि त्यसैगरि मदनले प्रयोगमा ल्याउन खोजेका हुन् ।

तर यो कायृनीतिक नारालाई उमालेका साथीहरुले रणनीतिक नारा ने वनाउन खोजे । एमालेको यही नेर त्रुटी छ । जवज कार्यनीतिक नारा मात्र हो, यो रणनीतिक नारा कम्युनिष्टहरुको हुनै सक्दैन । यहाँ नेर नेपालका कम्युनिष्टहरुले वुझन सक्नुपर्छ ।
जवजलाई एमालेले रणनीतिक सिद्धान्तको रुपमा जसरी लियो र वनाउन जोड गरिरहेको छ, त्यो नै एमालेको ठूलो माक्र्सवादी सिद्धान्तमा कमजोरी छ । त्यो कार्यनीति हुन सक्छ, तर रणनीति हुन सक्दैन ।

अर्काे तथ्य
संसारका कम्युनष्टिहरुले माक्र्स, लेनिनहरुको दर्शनमा उहाहरुले गरेको योगदानलाई आधार वनाउर विचारको विकास भएको छ, त्यही खालले चिनमा माओको पनि योगदान छ । माओको त्यही योगदानलाई पछिल्लो चरणमा हामीले माओवाद भन्यौ । एमालेको जन्म पनि माक्र्सवाद, लेनिनवाद र माओ विचारधारावाट भएको हो । यो तथ्यलाई नेपालका एमाले माओवादी दुवै कम्युनिष्ट पार्टीका साथीहरुले भूल्नु हुदैन ।

एमालेको अहिलेको पार्टी संगठन, स्कुलिङ सवैमा कतै न कतै माक्र्स, लेनिनको जस्तै माओको पनि योगादन छ । तर पछिल्लो चरणमा एमालेका साथीहरुले माओको योगदानलाई अश्वीकार गर्नु खोजेका छन् । यो एमालेको गम्भिर भूल हो । उनीहरुले यसो गर्न खोज्नुको पछाडी एमालेको आन्तरिक भन्दा पनि साम्राज्यवादीहरुको योजनाभित्र एमाले पस्न खोजेको देखिन्छ । साम्राज्यवादीहरुले माओलाई अश्वीकार गर्छन् । त्यसकारण सामज्यवादसँग सम्झौता गरेर आफु नेपालमा स्थापित भईराख्नका लागि एमालेले जानीजानी माओवाद, विचारधारालाई छोडेको हो । नियतवस छाडेको हो ।

आजका युगमा चिनिया माओको योगदानलाई स्थापित नगरि, चिनियाँ कम्युनिष्ट पार्टीमा माओले गरेको योगदानको इतिहासलाई मूल्याकन नगरीकन नेपालको कम्युनिष्ट आन्दोलनले पूर्णता प्राप्त गर्न सक्दैन । त्यसकारण अहिले एमाले र माओवादीको एकता प्रmित्रया चल्दै गर्दा जसरी माओवाद र एमालेको कार्यनीति जनताको वहुदलीय जनवादलाई एकै खाले घालमा हालेर महाधिवेशनसम्म वहसमा लैजाने जस्ता कुरा आए, यो त्रुटीपूर्ण छ नेपालको कम्युनिष्ट आन्दोलनमा ।
यी दुई चीजलाई सँगै घालमेल गरेर लैजान सकिदैन भनेर मैले शुरु देखि भन्दै आएको छु ।

अव के हुन्छ ?
हामी एमाले माओवादी पार्टी एकताको अन्तिम वहसमा छौं । हामीले पार्टी एकतापछि एमालेले अहिले अंगाल्दै आएको जवजलाई पूरै अश्वीकार गरेर जाने भनेका छैनौं, जादैनौं पनि । किनकी हामी पनि शान्तिपूर्ण पुजीवादी क्रान्तिको कुरालाई स्वकिार गरेर आएका छौ. । जवजले पनि पूजीवादी प्रतिस्पर्धालाई स्वीकार गर्छ । पूजीवादको प्रतिस्पर्धालाई स्वीकार गर्ने तहसम्म जवज प्रगतिशिल छ । त्यसकारण जवजका प्रगतिशिल आधारभूत मूल्य मान्यतालाई हामीले स्वीकार गदै जान सक्नुपर्छ । अर्काेतिर माओवादीको दोश्रो राष्टिय सम्मेलनवाट पारित एक्काइशौ शताब्दीको जनवादका पनि आधारभूत तत्वहरुलाई मिलाएर दुवैलाई मिलाएर नयाँ प्रगतिशिल राजनीतिक कार्यदिशा निर्माण गर्ने गरि हामीले जान सक्नुपर्छ ।

तर एमालेले माओवादलाई , माओविचारलाई अश्वीकार गरेको हुनाले माओवाद हाम्रो ग्रेड डिवेडको विषय हो । माओवाद वहसमा छ । तर जवज र एक्काइशौं शताब्दकिा केही आधारभुत मूल्य मान्यतालाई मिलाएर हामी नया कार्यदिशा वनाउछौं । वनाउनै पर्छ ।

त्यो नया कार्यदिशा भनेको समाजवादी कार्यदिशा हुन्छ । अथवा आधुनिक समाजवादको नयाँ मोडेलको कार्यदिशा हामी वनाउछौं । त्यो वनाउदा अर्थ राजनिितक दृष्टिकोणवाट हेर्दा चिनको नजिक हुन सक्छ । माओको योगदानलाई मूल्याकन गदैं आधुनिक समाजको निर्माण गर्ने गरि जवज र एक्काइशौं शताब्दीको जनवादलाई पूर्ण निषेध गर्ने भन्ने होइन, एतिहासिक धाराहरुलाई समेटेर दुवैका विषयलाई मिलाएर नयाँ कार्यदिशा वनाउन पर्छ । यो छलफलको विषय हो । निश्र्कषमा पुगिसकेको विषय होइन । यसलाई ऐतिहासिक विकासक्रमवाट हामीले हेर्नु पर्छ । एक्काइशौ. शताब्दीको जनवाद भनेको राजतन्त्र अन्त्य गरेर गणतन्त्र प्राप्त गर्ने समाजवादी लोकतन्त्र निर्माण गर्ने कुरा हो । वहुदलीय जनवादको विकासले राजतन्त्रको अन्त्य गरेको छ ।

जवज भन्दा पछिल्लो पटक आएको एक्काइशौ. शताब्दीको जनवाद निश्चित अवधारणा वोकेर आएको छ । त्यसकारण जवजमा टेकेर होइन की जवजभन्दा क्रान्तिकारी मानिएको एक्काइशौं शताब्दीको जनवादमा टेकर मात्र जवजको हामीले मूल्याकन गर्न सक्छौं ।

जवजले नेपालको समाजिक परिवर्तनको नेतृत्व गर्दथ्यो भने एक्कायशौं शताब्दीको जन्म हुने थिएन । जवजका कयौं आधारभूत मूल्य मान्यताहरु एक्काइशौ शताब्दीको जनवादभित्र पनि छन् । विकासक्रमभित्र पर्छन । त्यो स्वभिवाक हो । तर जवज भन्दा एक्काइशौं शताब्दीको जनवाद अलिक क्रान्तिकारी र प्रगतिशिल एजेण्डा भएकोले जवज के गर्ने, एक्काइशौं शताब्दीको जनवाद के गर्ने भन्दा पनि यी दुवैका प्रगतिशिल मुल्य मानयतालाई मिलाएर नया कार्यदिशा वनाउने हो ।

त्यसरी कार्यदिशा वनाउदा अव अहिले नेपालमा वामपन्थीहरुको सरकार, नयाँ एउटै कम्युनिष्ट पार्टी वनाउने भन्ने भएपछि पार्टी स्थापना देखि अर्थात २००६ देखि अहिलेसम्मका कम्युनिष्ट पार्टीले गरेको सवैजसो संर्घष जस्तोकी, झापा संर्घष, किसान, हर्रेवर्रे, जनयुद्ध सवै –सवै आन्दोलनको समिष्टगत सश्लेषण गरेर हामीले अव नया संश्लेषण गनुपर्ने हुन्छ । त्यसो गर्दा जवज र एक्काइशौ. शताब्दीको जनवादको पनि त्यहाँ नया संश्लेषण आउछ ।

अव जवज मुख्य होइन । जवज उउटा कालखण्डको प्रगतिशिल नारा हो । त्यस्तैं एक्काइशौं शताब्दीको जनवाद पनि एउटा कालखण्डको प्रगतिशिल क्रान्तिकारी कार्यक्रम हो । जनयुद्ध शुरु भएर नयाँ युगमा मुलुकलाई लागेकोले जवज भन्दा इक्काइशौं शताब्दीको जनवाद क्रान्तिकारी नारा हो । यी दुई नारा र कार्यक्रमका वीचमा अन्तरसंर्घष पनि छ, एकता पनि छ, केही मुख्य संर्घष पनि छ । अव यो दुवैले वनाउने भनेको नयाँ सिदान्तको कुरा हो। यसलाई वैज्ञानिक रुपले सोच्न सक्यौं भने ठिक दिशामा जान सकिन्छ । होइन हामी आ –आफनै कार्यदिशालाई तानेर अगाडी वढन खोज्यौं भने समाज अगाडी वढन सक्दैन । जवजलाई लाई वढ ितानेर यो नै मुख्य कुरा हो भन्ने कुरा अहिलेको प्रगतिशिल विचार होइन, यो यथासिथत विचार हो । वरु एक्काइशौं शताब्दीको जनवादलाई जोड दिने कुरा वढी प्रगतिशिल हुन सक्छ । अव यी दुईटैलाई मिलाएर नयाँ विचार आउन सक्छ भन्ने दृष्टिकोणवाट हामी जान सक्नु पर्छ ।

माओवादका विषयमा त नेपालको कम्युनिष्ट आन्दोलनमा माओको योगदान, चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास, शिक्षा , लडाई लगायतलाई मूल्याकन नगरि कुनै पनि कम्युनिष्ट आन्दोलन अगाडी वढन सक्दैन । रसियन कम्युनष्टि आन्दोलनको एउटा धारा र नेपालको कम्युनिष्ट आन्दोलनमा चिनियाँ कम्युनिष्ट आन्दोलनको मूल्याकन विना नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास नै पनि लेखिन्न । जसले माओको योगदानलाई अश्वीकार गर्छन, तिनहिरु कम्युनिष्ट पार्टी हुन सक्दैनन ।

एमालेका साथीहरुले यो कुरामा गम्भिर गल्ती गरेका छन् । अव त्यसलाई सच्चाएर अव हामीले वनाउने कम्युनष्टि पार्टीमा माओका योगदानलाई समेटन सकेनौं भने यो कम्युष्टि पार्टी पनि हुन सक्दैन । यो कम्युनष्टि पार्टी समाजवाद तिर जादैन । माओको योगदानलाई मुल्याकन, सस्थागत नगरिकन चिनियाँ कम्युनष्टि पार्टीलाई सस्थागत नगरि हुदैन । चिन अहिले विश्व दुनियामा सुपर पावर छ, त्यसको वर्तमान र विगत लाई केलाउन सक्नुपर्छ । अहिलेको चिनलाई हामीले स्वीकार गर्न सक्नुपर्छ ।

एमाले माओवादी मिलाएर हामीले नयाँ कम्युनष्टि पार्टी निर्माण गदै गर्दा यो कम्युनिष्ट पार्टीले चिनिया कम्युनिष्ट पार्टीको योगदानलाई सवीकार ग¥यो भने क्रान्तिकारी, समाजवादी दिशा तिर जान्छ, यदि होइन चिनियाँ कम्युनिष्ट पार्टी र माओको योगदानलाई स्वीकार गरेन भने यो कम्युनिष्ट पार्टी नेपालको समाजवादी क्रान्तिको मोडेलको कम्युनिष्ट पार्टी वन्दैन । यसतर्फ अव दुवै पार्टीका नेता कार्यकर्ता गम्भिर वहसमा उत्रन जरुरी छ ।

यसमा तपाइको मत