विश्व मजदुर दिवस : हजारौं शहीदको रगतवाट प्राप्त उपलब्धी (घटनाक्रमसहित)

मजदुर दिवस आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरज्जन को नारासँग जोडिएको छ ।



भनिन्छ, जाहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । आज विश्व मजदुर दिवस अर्थात भई १ । आजको दिनलाई विश्व इतिहासमै महत्वपूर्ण दिनको रुपमा लिइन्छ । पूँजीपति वर्गको शोषण र दमनको कारणले गर्दा मजदुरहरु मालिकका विरुद्ध संर्घष गर्न बाध्य भए । मजदुरहरु किन विरोध गर्न वाध्य भए ? उनीहरुले भोग्नुपरेको प्रतिष्ठाको स्रोत के थियो ? उत्तरदायी को थियो ?  मजदुरहरुले पहिले त मेसिनलाई दोष देखाई तोडफोड गरे तर मेसिन कष्टको स्रोत नभई सहयोगको माध्यम भएको पत्ता लगाए ।

सन् १८३१ मा फ्रान्समा रेसम उधोगमा मजदुरहरुले (जुलुश) विद्रोह गरे अनि सरकारी सेनाले त्यो विद्रोहलाई निमृमतापूर्वक दमन गरयो । माक्र्स एंगेल्सद्दारा प्रतिपादित विचार प्रणालीलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले सर्वहारा वर्गले राज्यसत्ता प्राप्त गरेपछि आफनो वर्गीय हितका लागि मात्र नभएर सम्पूर्ण शोषित, उत्पीडित, श्रमिक जनताको हितमा समेत त्यसलाई उपयोग गर्दछ ।

गोकर्ण बराल, लेखक

पूराना कल्पनावादी समाजवादीहरुको भावुकतापूर्ण आह्रवान सवै मासिन दाजुभाई हुन् भन्ने नाराको सटटामा सन् १८४८ मा विश्वको मजदुर एक होऔं भन्ने नारा कम्युनिष्ट घोषणापत्रमा लेखियो ।

फ्रान्सको पेरिसमा ठूलो संर्घषपछि सन् १८७१ मा सर्वहारावर्गले सत्ता प्राप्त गरे । सन् १८४८ को फ्रेवुअरी क्रान्ति सर्वहारा वर्गको महान् वलिदानवाट विजय भएपनि सत्ता हत्याएका पूँजीवादी गणतन्त्रवादीहरुले सर्वहारा वर्गको माग पूरा गर्नुको साटो उल्टै मजदुरहरुलाई नै दमन गरि निशस्त्र पार्न खोजेपछि मजदुर र सरकारी सेना वीच पाँच दिनसम्म भीडन्त भयो ।

पूँजीपतिवर्गले ज्यादै क्रुर र पाशविक ढंगले मजदुरहरुको दमन र हत्या गरे । ११ हजार मजदुर मारिए भने हजारौं वेरोजगार भए । पेरिसमा एम. चिर्यसको सरकारको पाशविक सेनाले करिव ३० हजार पेरिसवासीलाई गोलीले उडायो । करिव ४५ हजारलाई गिर्फतार गरयो । त्यसमध्ये पनि गिरफ्तार गरिएका धेरेको हत्या ने समेत भयो ।

पेरिसमा करिव १ लाख सर्वश्रेष्ठ मानव जीवन समाप्त (मारिए) पारिए । सम्पूर्ण पूजीवादी देशमा लाखौं मजदुरहरु माक्र्सवादको झण्डामुनी एकजुट हुन थाले । सन् १८८७ मा अमेरिकामा रेल्वे मजदुरहरुले शसक्त हडताल गरि आठ घण्टा कार्यदिनको माग गरे । जुन ऐतिहासिक वन्यो । वेलायतमा सन् १८९३ मा कोइलाखानीका मजदुरहरुले विशाल हडताल गरे । फ्रान्स र जर्मनीमा पनि मजदुर आन्दोलनहरु अगाडी वढे । रुसमा मजदुरहरुले नयाँ क्रान्तिकारी दिशा समाते ।

मे १ तारिखलाई अन्र्तराष्टिय मजदुर दिवसको रुपमा मनाउने निर्णय दोश्रो अन्तराष्टियको प्रथम महाधिवेशन (सन् १८८९) ले गरेको हो । यो दिवस (मे १) अमेरिकामा मजदुरहरुको आठ घण्टाको कार्यदिनको संर्घष सित जोडिएको छ । अमेरिकी श्रमिक महासंघको चौथो महाधिवेशन (सने १८८४) ले मे १ १८८६ देखि आठ घण्टाको कार्यदिन हुनपर्नेछ भन्ने प्रस्ताव पारित गरयो । उक्त प्रस्ताव लागु गराउन १ मे देखि देशब्यापी हडताल गरयो । आम हडतालको क्रममा मजदुर र प्रहरीवीच भीडन्त भयो । उक्त भीडन्तमा परि प्रहरीतर्फ १ सर्जेन्ट समेत गरि ७ जना मारिए भने मजदुर तर्फ ४ जनाको मृत्यु भयो ।

उक्त घटनामा ४ जना मजदुर नेतालाई फासी दिइयो भने कयौलाई जेल हालियो । पारान, सपाइस, फिसर र एंगेललाई फासी दिईएको थियो । अमेरिकी मजदुरहरुको आठ घण्टा कार्यदिनका लागि गरिएको संर्घष इतिहासमा गौरवपूर्ण रुपमा अंकित छ । दोश्रो अन्तराष्टियको प्रथम महाधिवेशन सन् १८८९ ले अमेरिकी मजदुरहरुको आम हड्ताल शुरु भएको दिनलाई अन्तराष्टिय मजदुर दिवसको रुपमा मनाउने निर्णय गरयो । त्यसैले यस दिन प्रत्येक वर्ष १ मे लाई अन्तराष्टिय मजदुर दिवसको रुपमा मनाउने गरिन्छ ।

यसमा तपाइको मत