नाडालले तोडे ३४ वर्ष पुरानो रेकर्ड


विश्व नम्बर एक टेनिस खेलाडी राफेल नाडालले ३४ वर्ष पुरानो जोन म्याक्नोरीको किर्तीमान भंग गरेका छन्। क्ले कोर्टमा लगातार ५० सेटको जित निकाल्दै ३१ वर्षीय नाडालले म्याक्नोरीको कीर्तिमान भंग गरेका हुन्।

स्पेनमा जारी डिम्यार्डिड ओपन टेनिसको क्वाटरफाइनलमा पुगेका ३१ वर्षे नाडालले अर्जेन्टिनी खेलाडी डिएगोलाई दुई शुन्यको सोझो सेटमा पराजित गर्दै दुर्लभ कीर्तिमान आफ्नो नाममा पार्न सफल भए। उनले डिएगोलाई ६-३ र ६-४ ले पराजित गरेसँगै लगातार ५० सेटसम्म अपराजित रहने किर्तीमान कायम गरे।

अमेरीकी खेलाडी जोनले सन् १९८४ मा ४९ सेटसम्म अपराजित रहने कीर्तिमान बनाएका थिए। उक्त समयमा उनले म्याड्रिड इन्डोर ओपनको उपाधि जितेका थिए। नाडालको ५० सेटका अपराजित यात्रामा तीन वटा प्रतियोगिताको उपाधि रहेको छ।

जसमा बार्सिलोना ओपन, मोन्टेकार्लो र गत बर्षको फ्रेन्च ओपन रहेको छ। छैटौ म्याड्रिड ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका नाडालले क्वाटरफाइनलमा अष्ट्रियाका डोमिनीक थियमसँग खेल्नेछन्।

यसमा तपाइको मत