प्यूठान बस दुर्घटना : पाँचको मृत्यु, २० भन्दा बढी घाइते

घटनाको विस्तृत विवरण आउन बाँकी



प्यूठान, ववैशाख ३० । महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस दुर्घटना हुँदा २०भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल विजुवार लगिएको छ ।

मृत्यु हुनेमा गाडी चालक कैलाली चौमालाका बिर बहादुर थारुलगायत रहेका छन् । अन्य मृतकको सनाखन हुन सकेको छैन् ।

उनीहरूको जिल्ला अस्पताल विजुवारमा आएपछि सनाखत हुने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए । सरुमारानी गाउँपालिका–४ स्थित बडडाँडा बजार नजिक ओरालो बाटोमा बस दुर्घटनामा परेको स्थानीयले जनाएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत