मेघा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु


????????????????????????????????????

काठमाडौं, वैशाख ३० ।   टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिएको छ । आईतबार काठमाडौंमा  एक कार्यक्रमका बीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिई मेघा बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबारको शुभारम्भ गरे ।

प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बैंकले सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको पनि बताइन ।दुई बैंक गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अरव २९ करोड पुगेको छ ।

त्यसैगरी बैंकको निक्षेप ५७ अरव ५५ करोड रुपैंयाँ पुगेको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले जानकारी दिए । गाभिनु अघि मेघा बैंकको चुक्ता पूँजी ७ अरव ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अरव १ करोड रहेको थियो । भागिएपछि बैंकको शाखा कार्यालय ९१ वटा पुगेका छन ।

यसमा तपाइको मत