मोदी भ्रमणमाथि संसदमा माओवादीले उठायो प्रश्न : अरुण-३ संविधान विपरित


काठमाडौं, वैशाख ३१ ।  माओवादी केन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा केही प्रश्न उठाएको छ ।

आजको संसदको बैठकमा माओवादी प्रवत्ता पम्फा भुसालले मोदीको भ्रमणमा नेपाल भारतबीच रहेका जल्दाबल्दा समस्या समाधान नभएको बताइन् ।

उनले अरुण ३ सम्झौता संविधान विपरीत भएको बताइन् ।

प्रवक्ता तथा प्रतिनिधिसभा सांसद पम्फा भुसालले अरुण-३ को सम्झौताबारे प्रश्न उठाएकी हुन् ।

अरुण-३ जलविद्युत आयोजना बारे २८ वैशाखमा नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंको द्वारिकाज् होटेलमा स्विच थिचेर शिलान्यास गरेका थिए ।

अरुण ३ शिलान्यासमा उर्जा मन्त्री बर्षमान पुनलाई नबोलाएपछि माओवादी रुष्ट बनेको थियो ।

विभागीय मन्त्रीलाईसमेत सहभागी नगराएको भन्दै माओवादी मन्त्रीहरुले असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीको नेपाल भ्रमण बारे आइतबार संघीय संसदलाई जानकारी गराएका थिए ।

सांसद भुसालले प्राकृतिक स्रोत साधनबारे सन्धि सम्झौता गर्दा प्रतिनिधि सभाको दुईतिहाई बहुमतले पारित गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधि सभाको बैठकमा उनले नेपाल-भारतबीचमा रहेका जल्दाबल्दा समस्याको निवारण नभएको बताइन् ।

सांसद भुसालले सिमाना, बाढी डुबानका समस्या, विराटनगरमा रहेको भारतीय महावाणिज्यदूतको कार्यालय हटाउने लगायतका समस्या मोदी भ्रमणका क्रममा नेपाल सरकारले समाधान गर्नेतर्फ ध्यान नदिएको बताइन् ।

उक्त समस्याको तत्काल हल खोज्न पनि सांसद भुसालले सरकारसँग माग गरिन् ।

मोदी भ्रमणमा भएका प्रगतिबारे ओलीले आइतबार संघीय संसदलाई जानकारी गराएका थिए ।
सोही विषयमा सांसदहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

यसमा तपाइको मत