जेठ ३ मा जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराइने

वाईसिएलले जेठ ३ गते विहान ११ वजे कठमाडौंमा ११ ओटै स्थानीय तहका प्रमुखहरुलाई भेटेर खवरदारी गर्ने



कठमाडौं, जेठ १ । माओवादीकोसाहायक संगठन योड कम्युनिष्ट लिग (वाइसिएल)ले चुनावी प्रतिवद्धता अनुसार स्थानिय तहमा काम भए नभएको विषयमा खवरदारी गर्ने भएको छ । संगठनको केन्द्रीय नीति अनुसार देशैभरी वाईसिएलले यो अभियान चलाउन लागेको वाइसिएल काठमाडौं जिल्ला सचिव धिरज उपरकोटीले जानकारी दिए ।

वाईसिएलले जेठ ३ गते विहान ११ वजे कठमाडौंमा ११ ओटै स्थानीय तहका प्रमुखहरुलाई भेटेर खवरदारी गर्न लागेको पनि उपरकोटीले वताए ।

चुनावको वेला जनताका वीचमा यसो गर्ने, उसो गर्ने भनेर प्रतिवद्धता जनाउदै भोट माग्ने र जित्ने त्यसपछि कामै नगर्ने सस्कारका विरुद्ध अभियान लिएर जान लागेका हौं, उनले भने, जनताका वीचमा गरेको प्रतिवद्धता पूरा गर भनेर ध्यानाकर्षण गराउन खोजेका हौं ।

कठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य ले सय दिनमा सय काम भनेर लामै फेहरिस्ता सार्वजनिक गरेपनि त्यो अनुसारको काम हुन नसकेपछि निकै आलोचित वन्दै आएका छन् । त्यस्तै अन्य स्थायिन तहमा पनि सोही अनुसारको अवस्था रहेको छ ।

ज्नताप्रतिको प्रतिवद्धता पूरा गराउन अव जनता चुप छैनन भन्ने सन्देश पनि वाईसिइलले यो अभियान अन्र्तगत दिन खोजेको वाईसिएलका सचिव उपरकोटीको भनाई छ ।

कठमाडौंमा सडक गल्लीहरु खाल्टाखुल्टी भएको, ढल, जाम उस्तै समस्यामा रहेको र गरेका प्रतिवद्धतामा अहिले चासै जनप्रतिनिधिले देखाउन छोडेका वेला वाईसिएलले ल्याउन लागेको यस्तो अभियानले जनप्रतिनिधीलाई घचघचाउने काम गर्ने उपरकोटीको भनाई छ ।

ज्नप्रतिनिधीको खवरदारीकालागि पनि उक्त कार्यक्रममा सहयोग गरिदिन र कार्यक्रममा आई जनप्रतिनिधीलाई दवाव वढाउन ३ जेठमा विहान ११ वजे काठमाडौं भित्रका सवै स्थानिय तहका प्रम्ुखहरुको कार्यालयमा आउन पनि उनले अनुरोध गरेका छन् ।

हिजोपनी वाईसीएल नेपाल देश र जनताको लागी खटिएको थियो, सामाजिक विकृतका विरुद्ध अभियान चलाएको थियो, अहिले पनि त्यही दायित्ववोधका आधारमा जनप्रतिनिधीलाई काममा खवरदारी गर्न लागेको छौं, सचिव उपरकोटीले वताए ।

यसमा तपाइको मत