प्रदेश तीनको बजेट अधिवेशन आजबाट सुरु हुने


हेटौंडा, जेठ १ । प्रदेश तीनको प्रदेशसभाको ‘बजेट’ अधिवेशन मंगलबारबाट शुरु हुँदैछ। प्रदेशप्रमुख अनुराधा कोइरालाले जेठ १ गतेका लागि दोस्रो अधिवेशन आव्हान गरेकी थिईन्।

बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्दैछन्।

असार १ गते बजेट ल्याउन लागेकाले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता मंगलबारको प्र्रदेशसभा बैठकमा पेश गर्न लागेको हो। बैठकमा प्रदेश सभा सदस्य हरिशरण लामिछानेको सोमबार मस्तिष्कघातका निधन भएकोमा शोक प्रस्ताव पारित हुने जनाईएको छ।

प्रदेश सरकारले साना योजनामा बजेट विनियोजन नगर्ने र राष्ट्रिय गौरव एवं ठूला योजनामा बजेट विनियोजन गर्ने बताउँदै आएको छ। बजेटको तयारी स्वरुप आर्थिक मामिला एवं योजना मन्त्रालयले सबै मन्त्रालयलाई सिलिङ तोकेर कार्यक्रम र बजेट प्रस्ताव माग गरेको आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलको भनाई छ।

यसमा तपाइको मत