नागढुंगा चेकपोष्टबाट लागू औषधसहित साह पक्राउ


काठमाडौं, जेठ १ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगा स्थित चेकपोष्टबाट प्रहरीले लागु औषधसहित सुनसरीका श्याम साहलाई पक्राउ गरेको छ ।  सुनसरीको दुहवी–७ स्थायी घर भएका शाह काकडभित्ता  तर्फबाट काठमाडौं आउँदै थिए ।

काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना. ७ ख २७७६ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा साहले आफ्नो झोलामा लुकाई–छिपाई ल्याएको ३ सय ट्याब्लेट नाईट्रोजेपान, ५० एम्पुल फेनारगन, ५० एम्पुल डाईजेल्याव, ५० एम्पुल एभिल र ५० एम्पुल लुपिजेसिक फेला परेको काठमाडौं प्रहरीले जनाएको छ ।

मंगलबार बिहान पक्राउ परेका शाहबारे महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

यसमा तपाइको मत