बिर अस्पतालको पुरानो मुहार फेर्दै धुर्मुस-सुन्तली ? के भन्छन् धुर्मुस हेर्नुहोस् (भिडियो)


नेपालको सबै भन्दा पुरानो अस्पताल बिर अस्पताल अहिले आफ्नो पुरानो मुहार फेर्दै छ । दुर्गन्धले बस्न नै नसक्ने अवस्थामा पुगेको यो अस्पताल अहिले  चर्चित हास्यव्यंग्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को पहल एबं सक्रियतामा सरसफाई सुरु भएको छ । यो अस्पताल निजी अस्पताल जस्तै अहिले चिटिक्क , हेर्दा सुन्दर र आकर्षण देखिन थालेको छ  । अस्पतालको  भित्तामा कलाका तस्बिर बनाइएको छ । बर्षौ देखि पानी बन्द भएको  धारामा अहिले पानी आउन थालेको छ ।

फोहोर तथा भाँचिएका, फुटेका स-साना भौतिक सामग्रीका कारण आफैं उपचारको पर्खाईमा बसेको बिर अस्पतालको उपचार धुर्मुस-सुन्तलीले रंगरोगन एबं कलाको प्रदर्शन गरि गरिरहेका छन् भने बर्षौ देखि फोहोर दुर्गन्धले  शिथिल यो अस्पताल केहि महिनामा नै स्वस्थ बन्दै छ । बर्षौ देखि दुर्गन्धित शौचालय अहिले सफा भएको छ । जताततै अलपत्र भएका भाँचिएका, फुटेका स-साना भौतिक सामग्रीहरु एक ठाउँमा जम्मा गरि प्रयोग गर्न मिल्ने र नमिल्ने गरि छुट्याइएको छ।यी सामग्री उपयोगी बनेका छन् । डम्पिङ साइट जस्तो बनेको यो अस्पतालको कुना-काप्चा समेत अहिले सफा देखिएका छन् । यस अस्पतालको सरसफाई एबं रंगरोगनमा करिव २५ लाख लाग्ने र अहिले करिव आधा रकम सङ्कलन भएको धुर्मुसले बताए ।

धुर्मुस-सुन्तलीले वैशाख २६ गतेबाट यो अस्पतालको सफाइ थालेका थिए । एक सातामा वीर अस्पतालले अहिले आफ्नो  स्वरूप नै परिवर्तन गरिसकेको छ । अझ काम बाँकी छन् । चलचित्रसम्बन्धी सबै काम छाडेर सफाइ अभियानमा लागेका उनीहरुलाई अहिले अरुले समेत साथ दिएका छन् । दाताहरुले रंग उपलब्ध गराउने , मजदुरलाई पारिश्रमिक दिने , निर्माणका सामान उपलब्ध गराउने तथा आफैंले श्रमदान गर्ने कार्यमा साथ दिएका छन् । वीर अस्पताल परिवारले समेत पूर्ण साथ दिएको छ। जेठ १५-२० गतेसम्म वीर अस्पतालको मुहार फेर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत