सकियो ‘वान टु वान’ : भोलि एकता समितिको बैठक आह्वान


काठमाडौं, जेठ २ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकरात्मक भएपछि भोली पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ ।

दुई पार्टीका शीर्ष नेता रहेको संयोजन समितिले पार्टी एकताको मिति तय गर्ने नेताहरुले बताएका छन । माओवादी नेता जर्नादन शर्मा प्रभाकरले भोली बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिए ।

दुई अध्यक्षबीचको आजको छलफल सकरात्मक भएको उनको भनाई छ । पार्टी नेतृत्व, सांगठनिक संरचना र केही वैचारिक विषयमा दुई अध्यक्षबीच लामो समयदेखि सहमति हुन सकेको छैन । गएको असोजमा दुई पार्टीले पार्टी एकता गर्नेगरी चुनावी गठबन्धनको घोषणा गरेका थिए ।

यसमा तपाइको मत