डलरको मुल्य निरन्तर बढ्दै


काठमाडौं, जेठ २ । डलरको मूल्य निरन्तर आकाशिएको छ । डलरको मूल्य आकाशिएसँगै नेपाली रुपैयाँ सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद मूल्य १०८ रुपैयाँ ६२ पैसा पुगेको छ । बिक्री मूल्य भने १०९ रुपैयाँ २२ पैसा पुगेको छ ।

सन् २०१३ मा अमेरिकी डलर मूल्य ११० रुपैयाँ पुगेको थियो । अहिले त्यही गतिमा पुग्न थालेको छ । दिन प्रतिदनि डलरको मूल्य बढेको छ । डलरको मूल्य बढ्दा रेमिट्यान्स पठाउनको लागि उपयुक्त समय मानिन्छ ।

केही दिनअघिसम्म एक डलर नेपाल पठाउँदा नेपालमा १०२ रुपैयाँ पाइन्थ्यो भने अहिले एक डलर बराबर झण्डै १०९ रुपैयाँ पर्छ । हाल नेपालमा औषत एक अर्ब पचास करोड डलर बराबरको रेमिट्यान्स आउने गरेको छ । डलर बढेको कारण नेपालको निर्यात जन्य उत्पादनमा पनि सहयोग पुग्छ । अहिले नेपालमा औषत दैनिक निर्यात २४ करोड रुपैयाँ बराबरको छ । तर डलर बढ्दा नेपाली चुल्हो भने महंगो पर्छ ।

धेरै बस्तु तथा सेवा आयात निर्भर भएका कारण मूल्य वृद्धिमा यसको प्रत्यक्ष प्रभाव पार्ने गर्छ । अहिले औषत दैनिक तीन अर्ब रुपैयाँ बराबरको सामान नेपाली बजारमा आउने गर्छ । यो तथ्यांकले नेपालमा डलर बढ्दा समग्रम घाटा पुग्ने देखन्छि । दैनिक १ सय ७४ अर्ब बराबर रुपैयाँमा डलर बढ्दा पmाइदा हुन्छ भने तीन अर्ब रुपैया बराबरमा घाटा हुन्छ ।

यसमा तपाइको मत