नेपाली चलचित्र “बाकस” बलिउड निर्माताको लगानीमा बन्ने


भारतीय निर्माताहरुको लगानीमा नेपाली चलचित्र “बाकस” बन्न लागेको छ । यो चलचित्रको छायांकन मलेसिया,सिगांपुर,भारत र नेपालका विभिन्न स्थानमा हुनेछन् ।

चलचित्रमा परिचित अनुहारसंगै नयाँ अनुहार समेत देख्न पाइने निर्माण युनिटले जनाएको छ । यो चलचित्र करिब दुई करोड लगानीमा निर्माण हुन लागेको हो ।

यस चलचित्रको निर्देशन नवीन पन्तले गर्नेछन भने लगानी बलिउड चलचित्रका निर्माताहरु तारा चन्द , भियान सिंह, लक्ष्मी चन्दले गर्ने भएका छ्न । नेपाली परिवेशलाई कथाको रुपमा उतार्दै यो चलचित्र “बाकस” बन्न लागेको हो । यो चलचित्रको निर्माणकार्य भदौबाट सुरु हुनेछ ।

यसमा तपाइको मत